लगानीकर्ताको रोजाइमा अपर तामाकोशी, कति भयो निफ्राको कारोबार ?

काठमाडौं, १ चैत । साताको पहिलोदिन आइतबार लगानीकर्ताको रोजाइमा अपर तामाकोशीको शेयर परेको छ ।

५१ अंकले बजार घट्दापनि पोजेटिभ सर्किट लागेको तामाकोशीको शेयर कारोबारको आधारमा पहिलो नम्बरमा परेको छ ।

त्यसदिन अपर तामाकोशीको ४४ करोड ५६ लाख १५ हजार ७१३ रुपैयाँ बराबरको ७ लाख १ हजार ७० कित्ता शेयर किनबेच भएको छ ।

५८९ रुपैयाँमा कारोबार शुरु भएको शेयर ५८ रुपैयाँ घटेर ६४७ रुपैयाँमा करोबार बन्द भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ८० रुपैयाँले बढी हो ।

त्यस्तै कारोबारको दोस्रो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परेको छ । त्यसदिन निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा दोस्रो नम्बरमा देखिएको हो ।

त्यसदिन निफ्राको २७ करोड ५६ लाख ६८ हजार ५१८ रुपैयाँ बराबरको ५ लाख २१ हजार ३७२ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

५३१ रुपैयाँमा कारोबार शुरु भएको शेयर ८ रुपैयाँ घटेर ५२३ रुपैयाँमा करोबार बन्द भएको छ । बुधबार पनि निफ्राको शेयर लगानीकर्ताको रोजाइको दोस्रो स्थानमा नै परेको थियो ।

त्यसदिन निफ्राको २० करोड ७१ लाख २५ हजार १५४ रुपैयाँ बराबरको ३ लाख ८९ हजार ६६९कित्ता शेयर खरिद–बिक्री भएको थियो ।

५३२ रुपैयाँमा कारोबार शुरु भएको शेयर १ रुपैयाँ घटेर ५३१ रुपैयाँमा करोबार बन्द भएको थियो । सार्वजनिक बिदाको कारण विहिकार भने बजार बन्द रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here