सुपर लिगका टिम र मालिक सार्वजनिक, चितवन टोलीमा चन्द्र ढकालको लगानी

काठमाडौं, १ चैत । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा सहभागि हुने सात टिम सार्वजनिक गरिएको छ । आइतबार आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पत्रकार सम्मेलन गरेर फ्रेन्चाइजी टिम र उनका मालिकको नाम सार्वजनिक गरिएको हो ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने छन् ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो लिगमा विराटनगर, काठमाडौं ललितपुर, चितवन, पोखरा, बुटवल, धनगढी शहरका नामबाट टिम बनाइएको छ ।

मालिकहरुमा विराटनगरका मालिक अनुप रन्जन भट्टराई, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका मालिक सचिन ढकाल, चन्द्र ढकाल, हेमराज ढकाल, केमन ग्रुप , काठमाडौंका मालिक चिरन्जिबी शाह, पोखराका मालिक लक्ष्मी हुन्डाईका निराकर श्रेष्ठ, बुटलवका मालिक राजकुमार तिमल्सिना र धनगढीका मालिक सुवाश शाही छन ।

यो सिजनमा दशरथ रंगशालामा मात्र हुने प्रतियोगिता अर्को बर्षदेखि सबै शहरमा होम एण्ड अवेका आधारमा हुनेछ । यो बर्ष प्रतियोगितामा कुल १९ खेल हुनेछन । जसमा लिग र प्लेअफ हुनेछन ।

प्रतियोगिताका लागि हरेक टिमले तीन जना विदेशी खेलाडी राख्न पाउनेछन । स्वदेशी खेलाडीको छनौट भने अक्सनको माध्यमबाट हुनेछ । खेलाडीको अक्सनको मिती र खेलाडीको सूचीपनि चाँडै सार्वजनिक गर्ने बताइएको छ । प्रतियोगिता बैशाख ११ देखि २९ गतेसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here