काठमाडौं, १ चैत । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ३२६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय ९१ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।