महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

काठमाडौं, १ चैत । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् ।

दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा आइतबार महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त भएका हुन् । उनले एक महिना अघि सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा दिएर बसेका थिए ।

देवकोटा अनुभवी बैंकरका रूपमा चिनिन्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here