शहिद लखनका २० जना महिलालाई ६५ दिने व्यूटिपार्लर सम्बन्धी तालिम, कसरी दिने आवेदन ?

गोरखा । जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ र ८ का २० जना महिलालाई ६५ दिने व्यूटिपार्लर सम्बन्धी तालिम दिईने भएको छ ।

गोरखा बहुप्राविधिक शिक्षालय पालुङ्टारको आयोजनामा गाउँपालिकाका वडा नं. ७ र ८ का २० जना महिलालाई ६५ दिने व्यूटिपार्लर सम्बन्धी तालिम दिईने वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् ।

इच्छुक व्यक्तिले चैत ५ गतेसम्म वडा कार्यलयमा सम्पर्क राख्पुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

आवश्यक कागजात र योग्यता

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२. हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति फोटो
३. सामान्य लेखपढ गर्न सक्ने

सेवा तथा सुविधा

१. सहभागिलाई प्रतिदिन रु ५० को दरले खाजाको सुविधा
२. तालिममा उतिर्ण हुनेलाई प्रमाणपत्र दिईने

छनोट लिखित तथा मौखिक हुने र छनोट भएसंगै तालिम बिचैमा छोडेमा कारबाही समेत गरिने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here