ज्योति लाइफको आइपीओ बाँडफाँट यसै साता हुने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) यसैसाता भित्र बाँडफाँट हुने भएको छ ।

आवेदनहरु रुजु गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबारसम्म प्रि अलोटमेन्ट गर्ने तयारी गरिएको बताएको छ । प्रि अलोटमेन्ट गरेपछि ढिलोमा शनिबारसम्म आइपीओ बाँडफाँट गरिने जनाइएको छ ।

ज्योतिको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ६.४ गुणा बढी हो ।

ज्योतिको आइपीओमा परेको आवेदन हालसम्मका कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि महिला लघुवित्तको आइपीओमा सबैभन्दा धेरै १५ लाख ४९ हजारले आवेदन दिएका थिए ।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत ९३ लाख ३० हजार कित्ता० नै सामूहिक लागनी कोषहरु र ५९ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here