क्यान इन्फोटेक बैशाख २८ देखि जेठ २ गतेसम्म, प्रवेश टिकटलाई पेपरलेस गरिने

काठमाडौं । यस बर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गते देखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो ।

मेला बैशाख २८ देखि जेठ २ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने छ । कोभिड महामारीका कारण यस बर्ष गतबर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको हो ।

कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पुर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् । क्यान मेला प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन्।

सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ।

यस वर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ। नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औँ संस्करण हो। क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ।

प्रदर्शनमा सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइलफोन तथा सोलुसन्स, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोलुसन्स, सोलार पावरसिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावरसिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्डडिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटीकलेज, बैंक, बीमातथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फलर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने पत्रकार सम्मेलन मार्फत क्यानले जनाकारी दिएको छ ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मिडियालाई जवाफदेही बनाउनुपर्ने आवश्यकता रहेको बताए । मिडियाको दर्ता, अनुगमन र कारवाहीका लागि एक विशेष निकायको आवश्यकता रहेको उनको भनाइ थियो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले दूर्गम क्षेत्रमा आईसीटीको विस्तार हुन नसकेको र मिडियाको पनि त्यसतर्फ कम ध्यान गएको बताए ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोना भाइरसले सिर्जना गरेका थोरै महत्वपूर्ण अवसरमध्ये सूचना तथा सञ्चारप्रविधिको विकास र विस्तार भएको बताए ।

यस विचमा ब्रोडब्याण्ड इन्टरनेटकनेक्सन ह्वात्तै बढेको तथा डिजिटल पेमेण्टहरुको ग्राहक आधार २० देखि ४० प्रतिशसम्मले बढेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here