खाली पेटमा नखानुस् यी सात चिज, निम्त्याउन सक्छ गम्भीर समस्या

काठमाडौं । खाली पेटमा खाएको खानाले दिनभरको स्वास्थ्यलाई फाइदा पुर्याउने वा असर गर्छ भन्ने कुराको फरक पार्दछ ।

खाली पेटमा केही खानाको सेवनले एसिडको मात्रा धेरै बढाउने हुँदा बिहानको समयमा वा लामो समयको खाली पेटमा खाइने खानामा धेरै ध्यान पुर्‍याउनु पर्छ । स्वस्थ रहनको लागि खालि पेटमा खाने खानेकुराको बारेमा विशेष ध्यान दिनुपर्छ ।

खाली पेटमा खान नहुने सात खाना

१. पिरो खाना

खाली पेटमा मसला र खोर्सानीको सेवनले पेट झिल्ली पोल्न सक्छ जसकारण अम्लीय प्रतिक्रिया र ऐंठन हुन सक्छ । यसले अपचको समस्या निम्त्याउन सक्छ ।

२. गुलियो खाना तथा पेय पदार्थ

हामीमध्ये धेरैको बिहान उठ्नेबित्तिकै खाली पेटमा जुसको सेवन गर्ने बानी हुनसक्छ । खाली पेटमा गुलियो खाना तथा पेयपदार्थमा फ्रुक्टोजको रूपमा हुने चिनीले प्यान्क्रियाज र कलेजोमा बढी भार बढाएर विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

३. कार्बोनेटेड पेय

कोकाकोला, फ्यान्टालगायतका कार्बोनेटेड पेय दिनको जुनसुकै समयमा सेवन गर्दा पनि हानिकारक हुन्छन् । तर, खाली पेटमा यसको सेवनले कार्बोनेटेड एसिड पेटको एसिडसँग मिसिने हुँदा यसले वाकवाकी हुने, ग्यास बढ्ने, पेट दुख्ने लगायतका विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

४. चिसो पेय

खाली पेटमा चिसो कफी, आइस कफी लगायतका चिसो पेयको सेवनले पेटको झिल्लीमा क्षति पुर्‍याई पाचन प्रणालीमा समस्या ल्याउँछ ।

५. सिट्रस फल

ठिक समयमा फलफूलको सेवन सधैँ स्वस्थ हुन्छ । खाली पेट अम्बक, सुन्तला लगायतका सिट्रस फलको सेवनले पेटमा एसिडको उत्पादन बढ्न सक्छ । खाली पेटमा धेरै फाइबर र फ्रुक्टोज भएको फलको सेवनले पाचन प्रणालीलाई सुस्त बनाउन सक्छ ।

६. काँचो तरकारी

काँचो तरकारी वा सलाद खाली पेटमा खानु राम्रो हुँदैन । यसमा फाइबरको मात्रा धेरै हुने हुँदा खाली पेटमा थप भार पर्न सक्छ । खाली पेटमा काँचो तरकारी र सलादको सेवनले पेट दुख्न सक्छ ।

७. कफी

धेरैजसो मानिस एक कप कफीको साथ दिन सुरू गर्ने गर्छन् । यो निद्राबाट ब्युँझिने सजिलो तरिका जस्तो देखिन्छ तर खाली पेटमा कफीको सेवनले एसिडिटी हुन सक्छ । यसले पाचन प्रणालीमा हाइड्रोक्लोरिक एसिडको स्रावलाई उत्तेजित गर्छ जुन ग्यास्ट्राइटिसको कारण बन्न सक्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here