स्पेनिस ला लिगा : बार्सिलोना आज हुएस्कासंग भिड्दै, दोस्रो स्थानमा उक्लने मौका

काठमाडौं । स्पेनिस ला लिगा मा आज बार्सिलोना हुएस्कासंग भिड्दै छ ।

बार्सिलोनाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बजेबाट सुरु हुने खेलमा बार्सिलोनाले जित निकालेको अवस्थामा बार्सा दोस्रो स्थानमा उक्लने छ ।

अहिलेसम्म लिगमा २६ खेल खेलेको बार्सिलोना १७ खेलमा जित, ५ खेलमा बराबरी र ४ खेलमा पराजित हुँदै ५६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।

यता अहिलेसम्म २६ खेल खेलको हुएस्का २० अंकसहित अंक तालिकाको अन्तिममा छ ।

२७ खेलमा ६३ अंक जाडेको एथ्लेटिको मड्रिड अंक तालिकाको पहिलो स्थानमा छ । त्यस्तै, २७ खेलमा ५७ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here