ग्रीन लाइफ हाइड्रोको शेयर मंगलबारदेखि कारोबारमा आउने, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं, २ चैत । ग्रीन लाइफ हाइड्रोपावरको शेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

१ करोड ८० लाख कित्ता साधारण शेयर (आइपीओ) सोमबार नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउन लागेको हो ।

जसको लागि कम्पनीको सिम्बोल GLH दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here