महिला लघुवित्तको शेयर कारोबार मंगलबारदेखि, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं, २ चैत । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मंगलबारदेखि कारोबारमा आउने भएको छ।

सोमबार वित्तीय संस्थाको १० लाख कित्ता साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउन लागेको हो ।

नेप्सेले महिला लघुवित्तलाई MLBSL कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि लघुवित्तलाई ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि हात्तिसारस्थित एसबिआई मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

लघुवित्तले माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको थियो ।

आइपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here