दोहोरो अंकले बजार घट्दा रोजाइमा ‘निफ्रा’ र अपर तामाकोशी, कति भयो किनबेच ?

काठमाडौं, २ चैत । साताको दोस्रोदिन लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परेको छ ।

सोमबार दोहोरो अंकले बजार घट्दा लगानीकर्ता निफ्रा र आपर तामाकोशीको शेयरमा झुम्मिए । आज सेयर बजार मापक सूचक नेप्से १८.०७ अंकले घटेर २३८९.१९ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको ९६ लाख ४ हजार ५२९ कित्ता शेयर किनबेच भएका छन् ।

त्यसदिन निफ्राको शेयर कारोबारको आधारमा पहिलो नम्बरमा परेको छ । निफ्राको ४३ करोड ६२ लाख २१ हजार ८०९ रुपैयाँ बराबरको ८ लाख ७ हजार ५२६ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

५२३ रुपैयाँमा कारोबार शुरु भएको शेयर १४ रुपैयाँ बढेर ५३७ रुपैयाँमा करोबार बन्द भएको छ ।

आइतबार निफ्राको २७ करोड ५६ लाख ६८ हजार ५१८ रुपैयाँ बराबरको ५ लाख २१ हजार ३७२ कित्ता शेयर खरिद–बिक्री भएको थियो ।

५३१ रुपैयाँमा कारोबार शुरु भएको शेयर ८ रुपैयाँ घटेर ५२३ रुपैयाँमा करोबार बन्द भएको थियो ।

त्यस्तै आइतबार पोजेटिभ सर्किट लागेको तामाकोशीको शेयर सोमबार भने कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ ।

त्यसदिन अपर तामाकोशीको २९ करोड ८३ लाख ६९ हजार ७९४ रुपैयाँ बराबरको ४ लाख ४७ हजार ८९५ कित्ता शेयर किनबेच भएको छ ।

६४७ रुपैयाँमा कारोबार शुरु भएको शेयर १२ रुपैयाँ बढेर ६५९ रुपैयाँमा करोबार बन्द भएको छ । आइतबार अपर तामाकोशीको ४४ करोड ५६ लाख १५ हजार ७१३ रुपैयाँ बराबरको ७ लाख १ हजार ७० कित्ता शेयर किनबेच भएको थियो ।

५८९ रुपैयाँमा कारोबार शुरु भएको शेयर ५८ रुपैयाँ घटेर ६४७ रुपैयाँमा करोबार बन्द भएको थियो ।

फागुन दोस्रो सातादेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ । पछिल्लो ३ सातामा नेप्से २५० अंकले घटिसकेको छ भने घट्ने क्रम अझै जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here