शेयर बजारको ओरालो यात्रा कायमै, निफ्राको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं, २ चैत । साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजार राताम्मै रह्यो । सोमबार नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ अंकमा झर्यो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सोमबार इन्डेक्स ५.०७ अंकले घटेर ४३०.०५ अंकमा झरेको छ ।

सोमबार कारोबार भएका १३ समुह मध्ये ५ वटाको इन्डेक्स बढ्यो भने बाँकी सबैको घट्यो । आज सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक बढ्यो । यस समुहको सूचक ३.६९ प्रतिशत बड्यो । त्यस्तै, ट्रेडिङ समुहको १.४८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै अन्य समुहको घट्यो । अन्य समुहको सूचक २ प्रतिशत घट्यो । त्यस्तै, बैकिङ्ग समुहको १.०१ प्रतिशत घट्यो ।

आज २१२ कम्पनीको ९६ लाख ४ हजार ५ सय २९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका शेयर धनीले कमाए । कम्पनीको शेयर ९.९५ प्रतिशत बढ्दै पोजेटिभ सर्किट लाग्यो । त्यस्तै, घलेम्दी हाइड्रोको ९.४९ प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनरका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.२५ प्रतिशत घट्यो । त्यस्तै, सुर्योदया लघुवित्तको ४.६१ प्रतिशत घट्यो ।

सोमबार नेपाल इन्फा इस्टेक्चर बैंकको शेयरमा लगानीकर्ता झुम्मीए । आज सबैभन्दा धेरै कारोबार कम्पनीले नै गर्यो । आज निफ्राले ४३ करोड ६२ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here