यस्तो छ तुलसीको पातले स्वास्थ्यमा पुर्याउने ७ फाइदा

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले तुलसीलाई पूज्ने गर्छन् । त्यसैले हिन्दू धर्म मान्नेहरु प्राय सबैको घरआँगनमा तुलसी रोपिएको हुन्छ ।

तुलसीलाई औषधीय गुणले भरिपूर्ण बनस्पतिको रुपमा लिगिन्छ । त्यसैले आर्युवेदमा यसको खास महत्व छ । यसलाई मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

यसको प्रयोगले कैंयौ प्रकारका जटिल रोगसहित साधारण स्वास्थ्य समस्या समेत निको हुन्छ ।

यस्ता छन् ७ फाइदा

१. तुलसीमा कीटनाशक शक्तिहुने भएकाले तुलसीको पातको लेदो बनाई घाउ, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा लगाउँदा लाभ मिल्छ ।

२. ५ देखि १० एमएल तुलसीको पातको रससंग महमिसाएर दिनको दुईदेखि तीन पटकसम्म सेवनगर्दा रुघाखोकि, चिसो, दम, निमोनियालगायतका समस्यामा प्रभावकारी हुन्छ ।

३. बच्चाहरुमा हुने साधारण पेट दुखाई, अपच, अरुचिलगायतका समस्यामा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा तुरुन्तै फाइदा मिल्दछ ।

४. मधुमेह तथा पिसाब सम्बन्धी रोगमासमेत तुलसीको बीउलाई पिसेर लेदोबनाई दैनिक १–३ ग्रामसम्म दुईपटक सेवनगर्दा लाभ मिल्दछ ।

५. विषम ज्वरो होस् वा अन्य रुघाखोकी यस्तोमा पनि तुलसीको पात चपाएर सेवन गर्दा फाइदा पुग्दछ ।

६. घाँटी दुखुको वा घाँटीमा बिमिरा आएको बेला तुलसी, बेसार र नुन उमालेर सेवन गरेमा एक दिनमै घाँटी दुखेको निको हुन्छ ।

७. कुनै रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्दछ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here