सुस्ताउँदै शेयर बजार, लगानीकर्ता आत्तिनु पर्ने अवस्था छ कि छैन ?

काठमाडौं, २ चैत । शेयर बजार निरन्तर ओेरोलो लाग्ने क्रम जारी छ । फागुन दोस्रो सातादेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रालाई रोक्न सकेको छ ।

कारोबार रकम सुस्ताउँदै ४ अर्बमा झरेको छ । पछिल्लो तीन सातामा नेप्से २५० अंकले घटिसकेको छ भने घट्ने क्रम अझै जारी छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्तामा उत्साह कम हुँदै गएको छ ।

फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो तीन सातामै घटेर ५ अर्बभन्दा कममा सीमित भएपछि थप लगानी गर्न पर्ख र हेरको अवस्थामा छन् । जसले बजार घटाउन सहयोग गरेको देखिन्छ ।

तर विश्लेषकहरुले भने चैत महिना शेयर बजारका लागि अफ सिजन भएकोले आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन् । यति बेला राजनैतिक वृत्तमा देखिएको अलमलले पनि केहि प्रभाव पारेको छ ।

अर्को तर्फ पुस, माघ, फागुन र चैत शेयर बजारको लागि अफ सिजन पनि हुने गर्छ। यति बेला लाभांश लगायतका विषयकाे चर्चा हुने कुरै भएन।

तेस्रो त्रैमास सुरुवात र कम्पनीहरूको अवस्थाको आँकलन पनि यति बेला गर्न सकिँदैन। जस कारणले पनि यी महिना शेयर बजारका लागि अफ सिजन मानिने जानकारहरू बताउँछन्।

यो बेला सकभर शेयर होल्ड गर्नुपर्ने विश्लेषकहरुको भनाई छ । अहिले राम्रा र बलिया कम्पनीको शेयर किन्ने अवसर भएकोले यस्तो बेला बजारबाट बाहिरिने भन्दा पनि भित्रिनु बुद्धिमानी हुने विश्लेषकहरुको दाबी छ ।

आगामी केही दिनमै बजार युटर्न लिने उनिहरुको अनुमान रहेको छ । शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै नीतिनियम परिवर्तन नभएकाले बजार निरन्तर ओरालो लागे लागेपनि लगानीकर्ताहरु निराश हुनुपर्ने अवस्था छैन् ।

विघटित संसद पुनःस्थापना पछि बजारले झनै गति लिने आशा गरिए पनि त्यसको ठीक उल्टो भएको छ । यो बेलामा घटेको बजारलाई पहिरो नभई बजार करेक्शनको रुपमा मात्रै बुझ्नु पर्ने विश्लेषकहरुको दाबी छ ।

यसअघि नेप्से मंसिर २१ गते १२३ अंकले घटेको थियो । नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार अवधि नसकिँदै कारोबार स्थगित भएको थियो । बैंकिङ प्रणालीमा अहिले पनि तरलता पर्याप्त रहेकाले बजार घट्नुपर्ने अरु सम्भाव्य कारण नरहेको विश्लेषक बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here