बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो, मेस्सीको नयाँ रेकर्ड

काठमाडौं, ३ चैत । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीसहितको बार्सिलोनाले हुएस्कालाई ४–१ ले पराजित गरेर पुनः दोस्रो स्थानमा गएको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । उनले खेलको १३औ र ९०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै एन्टोनी ग्रीजम्यानले एक गोल गरे भने ओस्कार मिनगुएजाले एक गोल गरेका थिए ।

त्यस्तै हुएस्काका लागि एक गोल राफा मिरले फर्काएका थिए ।

मेसीले यस खेलपछि नयाँ रेकर्ड समेत बनाएका छन् । मेसीले ला लिगामा बार्सिलोनाका लागि ७६७ खेल खेल्दै बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजको बराबरी गरेका छन् ।

यो जितपछि बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना अब शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी रहेको छ । बार्सिलोनाको २७ खेलमा ५९ अंक रहेको छ । त्यस्तै हुएस्काको भने २७ खेलमा २० अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here