डिम्याट खोल्नेको संख्या ३२ लाख नाघ्यो, कति छन् सक्रिय ?

काठमाडौं, ३ चैत । नेपालमा डिम्याट खोल्नेको संख्या ३२ लाख नाघेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म हितग्राही (डिम्याट) खाताको संख्या ३२ लाख ११ हजार ४१६ पुगेको हो ।

फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए ।

माघ ६ गतेपछि ६ लाखले डिम्याट खोलेका छन् । माघ ६ गते डिम्याट खाताको संख्या २६ लाख १० हजार ८ सय ६२ रहेकोमा फागुन ६ गतेसम्म यो संख्या बढेर २८ लाख ७३ हजार २ सय ७९ पुगेको थियो ।

पछिल्लो चरणमा प्राथमिक बजारमा १८ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले दिएका छन् ।

कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्ने मध्ये ५० प्रतिशत भन्दा कमले लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट शेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here