कोइराला निवासका प्रहरी सरकारद्धारा फिर्ता

१९ जेठ, विराटनगर । सरकारले विराटनगरस्थित कोइराला निवासमा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको छ । गृह मन्त्रालयले पत्र काटी त्यहा तैनात सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्रीद्धय विपि कोइराला र गिरिजाप्रसाद कोइरालाको निवासमा २०५४ सालदेखि सुरक्षाकर्मी तैनाथ थिए ।

उनीहरुलाई गत बिहीबारदेखि लागु हुने गरी सरकारले फिर्ता बोलाएको हो । घरमा सशस्त्र प्रहरीका १३ जनाको समूहले सुरक्षा दिइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here