महिला लघुवित्तको ओपनिङ रेन्ज प्रतिकित्ता ४३८ रुपैयाँ

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ ।

आजबाट कारोबारमा आएको महिला लघुवित्तको ओपनिङ रेञ्ज प्रतिकित्ता ४३८ रुपैयाँ रहेको छ ।

पहिलो कारोबार लागि नेप्सेले यो लघुवित्तलाई ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।

महिला लघुवित्तले गत माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here