कतिमा सुरु भयो ग्रीनलाइफ हाइड्रोपावरको शेयर कारोबार ?

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको शेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ ।

आजबाट कारोबारमा आएको ग्रीनलाइफ हाइड्रोपावरको ओपनिङ रेञ्ज प्रतिकित्ता २९९ रुपैयाँ रहेको छ ।

यसअघि हिलो कारोबारका लागि नेप्सेले यो हाइड्रोलाई ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो ।

ग्रीनलाइफ हाइड्रोपावरले भने गत माघ २३ गतेबाट कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here