‘अब उप्रान्त पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्ने विरुद्ध सहेर बस्दैनौँ’

काठमाडौं, ३ चैत । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले घुमाउरो भाषा यस्तो चेतावनी दिएका हुन् ।

यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो,” उनले भने, “पार्टीमा विधान छ, नियमावली र दल सम्बन्धी कानुन छ । हामीले खोजेको अनुशासन हो ।

उनले खनाल–नेपाल समूह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी फुटाएको र आफूलाई कारबाही गरेको पनि बताए । ‘एक ढंगले पार्टी फुटाइएकै थियो । अध्यक्षलाई कारबाही गरिएको थियो ।

महासचिवलाई हटाएको थियो । बाटैबाट अध्यक्ष निकाल्दिनु भयो। बाटैमा अध्यक्ष बनाइदिनु भयो,’ उनले भने, ‘मलाई त साधारण सदस्यबाट पनि निष्काशित गरेकै हो । जंगलको राज चलाउने विधि पद्धतिका कुरा गर्ने ?’

ओलीले नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलातर्फ नजर लगाइरहेको पनि बताए ।

‘भोलि भेला छ रे । नेकपा एमालेसँग कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्न/नगराउन, नजान सम्पूर्ण कार्यकर्तालाई सजग सचेत गराउन चाहन्छु । आग्रह गर्न चाहन्छु’ उनले भने । राम्रो लक्षण होइन । कुनै कारणले आउनु भएन भन्‍ने ठान्छु । भोलि कता भेला छ रे एक नजर त्यता राखिनेछ ।’

चियापान कार्यक्रम नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहितको टोलीले वहिष्कार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here