सभामुखद्वारा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा

काठमाडौं, ३ चैत । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्ष मण्डलका सदस्यहरुको मनोनयन गरेका छन्।

मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम ९१० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको दलीय आधारमा मनोनयन गरेबका हुन् ।

जसमा सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव,लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई मनोनयन गरिएको छ ।

यसैगरी सभामुखले अनुशासन उल्लंघन आरोपमा पदमुक्त भएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको स्थानमा लीलादेवी सिटौला, ज्ञानकुमारी छन्त्यालको निधन भएपछि सुवर्ण ज्वारचन र सूर्यबहादुर केसीको निधन भएपछि मोहनप्रसाद पाण्डे समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भई शपथसमेत भएको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here