यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, ३ चैत । मंगलबार लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर परेको छ ।

कारोबार शुरु भएदेखि नै लगानीकर्ताको रोजाइमा पर्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक र अपर तामाकोशीको शेयरलाईपछि नेपाल लाइफ सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।

त्यसदिन नेपाल लाइफको १९ करोड ३८ लाख ७९ हजार ८८४ रुपैयाँ बराबरको ९९ हजार ७० कित्ता शेयर खरिद–बिक्री भएको छ ।

त्यसदिन अपर तामाकोशीको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । तामाकोशीको १८ करोड ८५ लाख २९ हजार ६४४ रुपैयाँ बराबरको २ लाख ९१ हजार ३९८ कित्ता शेयर किनबेच भएको छ ।

निफ्राको शेयर कारोबारको आधारमा तेस्रो नम्बरमा परेको छ । निफ्राको १७ करोड २ लाख ६६ हजार ४४५ रुपैयाँ बराबरको ३ लाख १७ हजार ७६५ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

कारोबार आधारमा लगानीकर्ताको रोजाइको चौथो नम्बरमा नबिल बैकको शेयर परेको छ । त्यसदिन नबिलको निफ्राको १३करोड ८९ लाख ५३ हजार ८५ रुपैयाँ बराबरको १ लाख १५ हजार ७ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

कारोबारको पाँचौ नम्बरमा नेशनल हाइड्रोपावरको शेयर परेको छ । त्यसदिन नेशनलको शेयर १२ करोड १६ लाख ८ हजार ७१४ रुपैयाँ बराबरको ७ लाख ३३ हजार ९५६ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

पोजेटिभ सर्किट लागेको चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर लगानीकर्ताको रोजाइमा परेनन् ।

आज सेयर बजार मापक सूचक नेप्से २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ बराबरको ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै २३०.२९ अंकले बढेको छ भने व्यापारसमूहको परिसूचक सबैभन्दा धेरै ७२.५९ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here