शेयर बजार : कारोबार रकममा भारी गिरावट आउँदा चार कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, ३ चैत । केही दिनयता दोहोरो अंकले घट्दै आएको शेयर बजारमा साताको तेस्रो कारोबार दिन भने केही सुधार आएको छ । मंगलवार नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ अंकमा पुगेको छ ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार आयो । आज नेप्से परिसूचक ०.४४ अंकले बढेर ४३०.४९ अंकमा पुगेको छ ।

आज सात समुहको परिसूचक बढ्यो भने ६ समुहको घट्यो । सबैभन्दा धेरै होटल एण्ड टुरिजमको बढ्यो । होटल एण्ड टुरिजमको ३.३६ प्रतिशत बढ्यो । त्यस्तै, जीवन बीमा समुहको १.४६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक १.९२ प्रतिशत घट्यो । त्यस्तै, जलविद्युतको १.५१ प्रतिशत, अन्य समुहको १.०७ प्रतिशत घट्यो ।

मंगलबार कारोबार रकममा पनि निकै कमी आएको छ । आज २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ५६ लाखको कारोबार भयो ।

आज ४ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र ग्रिनलाइफ हाइड्रो रहेका छन् । सबैभन्दा धेर्रै चन्द्रागिरीको ९.९८ प्रतिशत बढ्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । कम्पनीले १९ करोड ३८ लाख ७९ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here