बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टले तोक्यो बिक्री प्रबन्धक

काठमाडौं, ४ चैत । बुक बिल्डिङ विधिबाट सर्वसाधरणमा शेयर (आइपीओ) जारी गर्न सर्वोत्तम सिमेन्टले बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले बुधबार एक कार्यक्रमबीच बिक्री प्रबन्धकमा ग्लोबल आईएमईलाई नियुक्त गरेको हो । त्यस्तै, कम्पनीले सह बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले यसअघि आइपीओ जारी गर्न रेटिङ समेत गराइसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तमको आइपीओलाई ‘इक्रा एनपी आइआर बीबीबी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने अवस्था औसतभन्दा राम्रो रहेको जनाउँदछ ।

रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने भएकाे हाे ।

सर्वोत्तमले ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्नेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस शेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् ।

तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपीओ जारी गर्न लागेको छ ।

यस्तै, कम्पनीले आइपीओ जारी गर्न माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामाबाट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । हाल ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चूक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here