‘निफ्रा’लाई नेप्सेको तीनदिने स्पष्टिकरण, ३० मिलियन डलरको बोन्ड ल्याउने सत्य हो ?

काठमाडौं, ४ चैत । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई तीनदिने स्पष्टिकरण सोधेको छ ।

नेप्सेले ३० मिलियन डलरको बन्ड जारी गर्ने र लण्डन स्टक एक्सचेन्जमा सूचीकृत गराउने विषय के हो, यसमा सत्य तथ्य के भएको हो भन्दै स्पष्टिकरण सोधेको छ ।

१० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो , नेप्सेलाई जानकारी नगरी किन मिडियामा प्रचार गरेको लगायतका विषयमा तीनदिन भित्र नेप्सेले जवाफ माग गरेको छ ।

बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केहि दिन अगाडी संचारकर्मीसँगको अन्तरक्रियामा यी विषयमा सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

बैंकले चालू आर्थिक वर्षभित्रै डलरमा बोण्ड जारी गर्न लागेको शुरुमा करीब २ करोड ५० लाख अमेरिकी डलर देखि ३ करोड डलरसम्मको बोण्ड जारी गरिने बताएका थिए ।

सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने छन् । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोन्ड जारी हुने पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बताएका थिए ।

साथै अहिले पनि निफ्रासँग करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यससम्बन्धी प्रक्रिया भने अघि नबढेको बताएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here