नेपालमा बढी बिक्ने मध्यमस्तरका स्मार्टफोन, कुनको मूल्य कति ?

काठमाडौं । मोबाइल फोन अहिले आधुनिक दूरसञ्चारको पर्याय मात्र बनेको छैन, आम मानिसको दैनिक जीवनको अभिन्न हिस्सा पनि बनेको छ ।

इन्टरनेटको प्रयोग बढेसँगै सिमित सुविधा भएका फिचर फोनको सट्टामा विभिन्न नयाँ सुविधायुक्त स्मार्टफोनको माग अत्याधिक हुन थालेको छ ।

मोबाइल फोनको विकास भएको धेरै समय भएको छैन तर, अहिले स्मार्टफोनको रुपमा मोबाइल फोन प्राय सबैको हातहातमा पुगिसकेको छ । एउटै फोनबाट धेरै किसिमका कामहरु गर्न सकिने भएकाले पनि स्मार्टफोनको लोकप्रियता बढ्दो छ ।

सन् १९७३ मा मोटोरोला कम्पनीको लागि मार्टिन कुपरले पहिलो मोबाइल फोन बनाएदेखि अहिलेसम्म मोबाइल फोनको आकार मात्रै होइन सुविधामा पनि धेरै परिवर्तन आइसकेको छ ।

मध्यमस्तरका फोन रोजाईमा

समयसँगै नयाँ प्रविधि र विशेषता सहितका स्मार्टफोन ल्याएर उपभोक्ताको मन जित्न विभिन्न स्मार्टफोन निर्माता कम्पनीहरुको प्रतिस्पर्धा नै चल्न थालेको छ ।

नेपाली बजार पनि यस होडबाजीबाट टाढा छैन । उपभोक्ताको रुची अनुसार विभिन्न ब्राण्डका र, विशेषगरी मध्यमस्तरका स्मार्टफोन नेपाली बजारमा बढी बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन् ।

नेपाली बजारमा सामसुङ, हुवावे, ओप्पो, एमआई, भिभो, लाभा, एलजी, लेनोभो, पानासोनिक, जिओनी, कलर्स जस्ता ब्राण्डका स्मार्टफोन बढी बिक्री हुने मोबाइल फोन बिक्रेताहरु बताउँछन् ।

नेपाली बजारमा युवा ग्राहकहरुले मध्यमस्तरका स्मार्ट फोन बढी खोज्ने गर्छन् । व्यावसायीहरुले बताए अनुसार १५ हजार देखि ३० हजार रुपैयाँ मुल्य आसपासका मोबाईलफोन नेपाली बजारमा बढी चल्ने गरेका छन् ।

कस्ता कस्ता स्मार्टफोनको माग बढी छ ?

सामसुङ

सामसुङ ब्राण्डका एम थर्टी वान, एम ट्वान्टी वान, ए ट्वान्टीवान एस, ए ट्वान्टीवान जस्ता फोनहरु बढी बिक्छन् ।

नेपालमा बजारमा सामसुङ एम थर्टी वान को मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै एम ट्वान्टी वानको २५ हजार ९९९, ए ट्वान्टीको २० हजार, ए ट्वान्टीवान एसको २५ हजार ४९९, ए ट्वान्टीवानको १९ हजार ९९९ रुपैयाँ रहेको छ ।

सामसुङ ब्राण्डका अन्य मोडलहरु पनि नेपाली उपभोक्ताले धेरै रुचाउने गरेको व्यावसायीहरु बताउछन् ।

ओप्पो

नेपाली बजारमा पछिल्लो समय औधी रुचाइएको अर्को ब्राण्ड हो ओप्पो । ओप्पो मोबाईल फोनमा सेल्फि क्यामेरा राम्रो हुने भएकाले धेरै मात्रामा बिक्रि हुने बिक्रेताहरु बताउँछन् ।

कम्पनिको ओप्पो एफ इलाभेन, ए फाइभ टु, ए फाइभ थ्री, ए फिफ्टीन एफ मोबाईल सबैभन्दा धेरै बिक्री हने गरेको छ ।

नेपाली बजारमा ओप्पो एफ इलाभेनको मूल्य २९ हजार ९९० रहेको छ । त्यस्तै, ए फाइभ टु को २९ हजार ९९०, ए फाइभ थ्री को २२ हजार ९०, ए फिफ्टीन एस को २१ हजार ९९० रुपैयाँ रहेको छ ।

एमआई

नेपाली बजारमा एमआईको रेडमी नाइन प्राइम, रेडमी नाइन पावर, रेडमी नोट नाइन, रेडमी नोट नाइन प्रो जस्ता स्मार्टफोनहरु धेरै मात्रामा बिक्री हुने गरेको छ । कम मूल्यमा राम्रो फिचर्सको सूविधा भएको कारण पनि रेडमीका स्मार्टफोनले राम्रो बजार पाएको छ ।

नेपाली बजारमा एमआईको रेडमी नाइन प्राइमको मूल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, रेडमी नाइन पावरको २० हजार ९९९ रुपैयाँ, रेडमी नोट नाइनको २२ हजार ९९९ रुपैयाँ, रेडमी नोट नाइन प्रो २९ हजार ९९९ रुपैयाँ रहेको छ ।

भिभो

नेपाली बजारमा भिभो कम्पनीका भिभो वाई इलाभेन, भिभो वाई ट्वान्टी, भिभो वाई टुभेल, भिभो वाई सेभेन्टिन जस्ता मोबाईल फोनहरु धेरै मात्रामा बिक्री हुने गरेको छ ।

नेपाली बजारमा भिभो वाई इलाभेनको मूल्य १८ हजार ५९० रुपैयाँ, भिभो वाई ट्वान्टीको २२ हजार ७ सय ९९ रुपैयाँ, भिभो वाई टुभेलको २१ हजार ५९० रुपैयाँ, भिभो वाई सेभेन्टिनको २५ हजार १९० रुपैयाँ रहेको छ ।

यसको अलवा नेपाली बजार हुवावे, कलर्स, नोकिया, लाभा, जस्ता कम्पनीका स्मार्फफोन बिक्री हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here