कूलप्याड कूल १० को नयाँ भेरियन्ट नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । कूलप्याडले कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालका लागि कूलप्याडको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनलले कूल १० को नयाँ भेरियन्ट ल्याएको हो ।

फोनमा १२८ जीबीको आन्तरिक भण्डारण थप गरिएको छ । कूलप्याड कूल १० को नयाँ संस्करणको बजार मूल्य १८,४९५ रुपैयाँ तोकिएको छ ।

कूलप्याड कूल १० सिसेल, सेतो र साइन्स निलो रंगमा उपलब्ध छ । यसमा ६.५२ इन्चको वाटर ड्रप एचडी प्लस डिस्प्ले उपलब्ध छ ।

क्यामराको कुरा गर्दा फोनको पछाडि ट्रिपल क्यामरा सेटअप प्याक रहेको छ जसमा १६ मेगापिक्सेलको अटोफोकस मुख्य क्यामराका साथै ०.३ मेगापिक्सेलको डेप्थ सेन्सर प्लस ०.३ मेगापिक्सेलको म्याक्रो सेन्सरले बनेको कम्पनीको दाबी छ । सेल्फीका लागि अगाडिभागमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

स्मार्टफोनमा ५,००० एमएएच ब्याट्री प्याक राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here