गाजर खानुका अनेक फाइदा, मुटुको सुरक्षादेखि स्वस्थ छालासम्म

काठमाडौं । खाना खाइसकेपछि सलादका रुपमा प्रयोग गर्ने वस्तु मध्ये गाजर पनि एक उत्तम विकल्प हो । गाजरलाई सलादका अलावा तरकारी अचार तथा हलुवा बनाएर पनि खान सकिन्छ ।

विभिन्न प्रकारका पोषक तत्वले भरिपुर्ण गाजरले स्वास्थ्यमा विभिन्न प्रकारको फाइदा पुर्याउछ ।

यस्ता छन् गाजरले स्वास्थ्यमा पुर्याउने फाइदा

– गाजरमा भिटामिन ए भरपूर मात्रामा पाइने भएकोले आँखाको ज्योति तेज पार्नमा सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

– मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा लाभदायक हुन्छ ।

– गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ ।

– काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।

– गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ ।

– गाजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here