शेयर बजारमा उछाल, ६ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, ४ चैत । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा साताको चौंथो दिन आज उछाल देखिएको छ । आज नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१५ अंकमा पुगेको छ ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ८.११ अंकले बढेर ४३८.६० अंकमा पुगेको छ ।

आज सबै समुहको सूचक बढ्यो । बुधबार सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक बढ्यो । यस समुहको सूचक ४.२६ प्रतिशत बढ्यो । त्यस्तै, लघुवित्तको २.७७ प्रतिशत, अन्य समुहको २.५५ प्रतिशत बढ्यो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकममा सामान्य सुधार देखिएको छ । आज २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार ६ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रो, यूनाइडेड मार्दी, पञ्चकन्या माई हाइड्रो र खानीखोला हाइड्रोवार छन् ।

सबैभन्दा धेरै घलेम्दी हाइड्रोका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ८.९५ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फाइस्टेक्चर बैंकले गर्यो । बैंकले २० करोड ४ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here