बुधबार लगानीकर्ताको रोजाइमा ‘निफ्रा’, कति भयो किनबेच ?

काठमाडौं, ४ चैत । बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर लगानीकर्ताको रोजाइमा परेको छ । निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा देखिएको छ ।

त्यसदिन निफ्राको २० करोड ४ लाख ८८ हजार ४२३ रुपैयाँ बराबरको ३ लाख ७८ हजार १७ कित्ता शेयर खरिद–बिक्री भएको छ । ५३३ रुपैयाँमा कारोबार शुरु भएको शेयर ३रुपैयाँ घटेर ५३० रुपैयाँमा करोबार बन्द भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये छ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

चन्द्रागीरी हिल्स, जोशी हाइड्रोपावर कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, युनाइटेड इदिमर्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेपनि लगानीकर्ताको रोजाइमा परेन् ।

आज सेयर बजार मापक सूचक नेप्से ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ बराबरको ८६ लाख २६ हजार ६६७ कित्ता सेयर किनबेच भएका छन् ।

बुधबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ३७२.५८ अंकले बढेको छ ।

कारोबारमा आएका २१२ कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here