होटल उद्योगलाई लकडाउन अवधिको विद्युत महशुल शतप्रतिशत छुट

काठमाडौं, ८ फागुन । होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत छुट पाएका छन्।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल तथा रेस्टुरेन्ट उद्योगलाई लकडाउन अवधिको विद्युतको डिमान्डशुल्क शतप्रतिशत छुट गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

उनका अनुसार सरकारको यो निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युत शुल्क शतप्रतिशत मिनाह गरिएको छ।

त्यसैगरी होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले लकडाउन सुरु भएको मितिदेखि गएको भदौ मसान्तसम्म शतप्रतिशत डिमान्ड शुल्क छुट पाउने छन् भने भदौदेखि माघसम्म पचास प्रतिशत पाउने छन्।

उत्पादनमुलक उद्योगहरुलाई सरकारले यसअघि नै यस्तो छुट दिने निर्णय गरिसकेको थियो। होटल तथा पर्यटन व्यवसायीहरुले भने छुट पाउनुपर्ने माग गर्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here