रियल सोसियडाडको पोष्टमा बार्सिलोनाको गोलको वर्षा, मेस्सीको कीर्तिमान

काठमाडौं, ९ चैत । बार्सिलोनाले रियल सोसियडाडको पोष्टमा गोलको वर्षा गर्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

एनोएटा स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सोसिडाडमाथि ६-० गोलअन्तरको फराकिलो जित निकालेको हो।

बार्सिलोनाको जितमा लियोनेल मेसी र सेर्जिनो डेस्टले २-२ गोल गरे भने एन्टोनी ग्रीजम्यान र ओसुमान डेम्बेलेले एक एक गोल गरेका थिए ।

त्यस्तै रियल सोसीयडाडका लागि एण्डर बारेनेटसीले एक गोल फर्काएका थिए । खेलको ३७ औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। त्यस्तै ४३ औं मिनेटमा लियोनल मेस्सीको पासमा सर्जिनो डेस्टले गोल थप्दा पहिलो हाफमा बार्सलोना २ गोलले अघि रह्यो।

दोस्रो हाफमा बार्सिलोनाले चार गोल थप्यो। जसमा ५३ औं मिनेटमा डेस्टले ब्यक्तिगत दोस्रो गोल थप्दा मेस्सीले ५६ औं मिनेटमा गोल गरे। त्यस्तै ओस्मान डेम्बेलेले ७१ औं मिनेटमा गोल गरे।

उता घरेलु टोलीका एन्डर बरेनेटजाले ७७ मिनेटमा सान्त्वना गोल फर्काए। त्यस्तै ८९ मिनेटमा मेस्सीले अर्को गोलगर्दा बार्सिलोनाले ६-१ को सानदार जित निकाल्यो।

यो जितपछि ला लिगामा आफ्ना पछिल्ला १८ खेलमा अपराजित हुदै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २८ खेलमा ६२ अंक भएको छ र शिर्ष स्थानमा रहेको एटलेटीको म्याड्रिड भन्दा ४ अंकले पछाडी रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको भने २८ खेलमा ६० अंक रहेको छ ।

मेस्सीको कीर्तिमान

मेस्सीले बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन्। मेस्सीले गएराती ला लिगामा दुई गोल गर्दै कीर्तिमान ७६८औं खेललाई सुखद बनाए।

अर्जेन्टिनाका ३३ वर्षे मेस्सीले पूर्व मिडफिल्डर जाभी (७६७) को कीर्तिमान तोडेका हुन्। मेस्सीले बार्सिलोनाबाट ६६३ गोल गरिसकेका छन्।

स्पेनिस ला लिगमा मेस्सी सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। दोस्रो स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोले ३११ गोल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here