साधारण शेयरमा गरिने लगानीलाई किन बढी जोखिमपूर्ण मानिन्छ ?

काठमाडौं । जलविद्युत आयोजनादेखि विभिन्न वित्तीय संस्थाहरुमा शेयर लगानी गर्नेहरुको संख्या बढ्दै गएको छ ।

बुझेर शेयर लगानी गर्दा यसबाट राम्रो लाभांश हात पार्न सकिन्छ । शेयर कारोबारबारे सामान्य जानकारी समेत नलिई लगानी गर्दा लगानी जोखिमपूर्ण समेत हुन्छ ।

हुन त शेयर बजारमा लगानीको ठ्याक्कै यहि नियम हुन्छ भन्ने हुन्न । केही नियम यस्ता हुन्छन्, जसलाई फलो गर्न सकिए शेयरमा गरिएको लगानीबाट राम्रो रिटर्नको सम्भावना रहन्छ । एक दिन बजार बढ्दैमा चम्किने र घट्दै आत्तिने बाँनी भने लगानीकर्ताकोे लागि घातक हुनसक्छ ।

हिजोआज धेरै लगानीकर्ता छोटो समयका लागि शेयरमा लगानी गरेर धेरै कमाइन्छ भन्ने भ्रम पालेर बसेका छन् । लामो समयको लगानीमा सफलता पाउन सानो–सानो रकममा बढी ध्यान दिनुहुँदैन ।

मिनेट मिनेटको बजार गतिविधि हेरेर त्यसबाट आफूले घाटा वा नाफा व्यहोरेको बिषयलाई ठूलो रुपमा लिनुहुन्न । शेयरको छनौट र लगानीको निर्णय शैली मानिसका फरक फरक हुन्छन् । सफल बन्ने धेरै शैलीहरु छन् र एउटै शैली मात्र यसका लागि काफी वा ध्रुवसत्य भन्ने हुँदैन ।

त्यसकारण सेयर लगानीको क्रममा आफ्नो शैली पत्ता लगाउनुहोस् र त्यसमा आफूूलाई प्रतिबद्ध राख्ने प्रयास गर्नुहोस् ।

साधारण शेयरमा गरिने लगानीलाई किन बढी जोखिमपूर्ण

साधारण शेयरमा लगानी गर्ने लगानीकर्तालाई सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । साथै कम्पनी मुनाफामा गएमा नगद लाभांश तथा बोनस शेयर प्राप्त हुने तथा धितोपत्रको बजार मूल्य बढ्दै गएमा पूँजीगत लाभ (बिक्री मूल्य र खरिद मूल्यको अन्तर) समेत प्राप्त हुन सक्दछ ।

साथै, सम्बन्धित कम्पनीले हकप्रद शेयर निष्काशन गरेमा सो खरिद गर्ने पहिलो हक समेत साधारण शेयरधनीलाई प्राप्त हुन्छ । डिभेन्चर पाउने फिर्ता रकम पहिला नै तोकिएको हुन्न ।

तर कम्पनी नोक्सानमा गएमा साधारण शेयरधनीहरुले लाभ प्राप्त गर्न नसक्नुका साथै आफ्नो लगानी रकम समेत डुब्ने सम्भावना समेत हुने हुनाले साधारण शेयर अन्य धितोपत्र भन्दा बढी जोखिमपूर्ण मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here