शेयर बजार राताम्मै, नेप्से २५ अंकले घट्दा दुई कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, ८ चैत । साताको पहिलो कारोबार दिन निकै उछाल देखिएको शेयर बजार दोस्रो दिन भने राताम्मै भएको छ । आज नेप्से परिसूचक २४.०६ अंकले घटेर २५१४.४० अंकमा झरेको झर्यो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सामेबार इन्डेक्स ४.७९ अंकले घटेर ४४८.८० अंकमा झरेको छ ।

सोमबार जलविद्युत र होटल एण्ड टुरिजम बाहेक अन्य सबै समुहको सूचक घट्यो । जलविद्युतको सूचक ४.७९ प्रतिशत बढ्यो भने होटल एण्ड टुरिजमको ३.३७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोन समुहको घट्यो । समुहको सूचक २.२७ प्रतिशत घट्यो । त्यस्तै, लघुवित्त समुहको २.०३ प्रतिशत घट्यो ।

सोमबार २११ कम्पनीको १ करोड ९ लाख ३१ हजार ३ सय ५८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज दुई कम्पनीका लगानीकर्ता मालामाल भए । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशत बढ्यो भने चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै प्रिड्युन्टीएल इन्स्योरेन्सको शेयर धनीले गुमाए । इन्स्योरेन्सको शेयर मूल्य ४.७१ प्रतिशत घट्यो । त्यस्तै, सर्पोट लघुवित्तको ४.४७ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अपर तामाकोशीले गर्यो । कम्पनीले ४६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here