लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं,९ चैत । साताको दोस्रो दिन लगानीकर्ताको रोजाइमा अपर तामाकोशीको शेयर परेको छ । कारोबार शुरु भएदेखि उकालो लागेको अपरको शेयर १० प्रतिशतले बढ्दै सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।

त्यसदिन तामाकोशीको ४६ करोड ९६ लाख ८९ हजार ८७६ रुपैयाँ बराबरको ६ लाख ६४ हजार ५१ कित्ता शेयर किनबेच भएको छ । ६६० रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ६६ रुपैयाँ बढ्दै ७२६ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यसदिन बंगलादेश बैकको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन बंगलादेश बैकको ३१ करोड ४३ लाख ८९ हजार ५३९ रुपैयाँ बराबरको ८ लाख ७७ हजार ३४ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

३५५ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य २ रुपैयाँ घट्दै ३५३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यसदिन नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबारको आधारमा तेस्रो नम्बरमा परेको छ । नेपाल लाइफको २६ करोड २२ लाख ३९ हजार ९७० रुपैयाँ बराबरको १ लाख १८ हजार ४५९ कित्ता शेयर किनबेच भएको छ ।

२२२० रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ३५ रुपैयाँ घट्दै २१८५मा कारोबार बन्द भएको छ ।

लगानीकर्ताको रोजाइको चौथो नम्बरमा डेक्प्रोक लघुवित्तको शेयर परेको छ । डेक्प्रोकको २५ करोड ४० लाख ५० हजार ८८२ रुपैयाँ बराबरको १ लाख २६ हजार ९०२ कित्ता शेयर किनबेच भएको छ ।

निफ्राको शेयर कारोबारको आधारमा पाँचौ नम्बरमा परेको छ । निफ्राको १९ करोड ७७ लाख ३१ हजार रुपैयाँ बराबरको ३ लाख ७५ हजार ८२ कित्ता शेयर खरिद–बिक्री भएको छ । ५२८ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ४ रुपैयाँ घट्दै ५२४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

आज शेयर बजार मापक सूचक नेप्से २४.०६ अंकले घटेर २५१४.४० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २११ कम्पनीको ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् र होटल तथा पर्यटन बाहेक बाँकी ११ वटा समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै १०४.९७ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ३१५.९६ अंकले बढेको छ ।

कारोबारमा आएका २११ कम्पनीमध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here