यी हुन् नेपालका सडकमा गुड्ने करोड माथिका कार, कुनको मूल्य कति ?

काठमाडौं । विश्व बजारमा देखिने करोडौं मूल्यका कार नेपाली बजारमा भित्रिसकेका छन् । चर्चित ब्राण्डका महंगो गाडीप्रति उद्योगी, व्यवसायीदेखि राष्ट्रिय जीवनका व्यक्तित्वहरु आर्कषित छन् ।

नेपाली सडकमा एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडीको संख्या दिन प्रतिदिन बढ्दो छ । छिमेकी देश भारतको तुलनामा नेपालमा कारको मूल्य निकै धेरै रहेको छ । त्यहाँको तुलनामा नेपालमा कारको मूल्य दुई सय प्रतिशत भन्दा महंगो पर्छ ।

नेपालमा महंगो ठानिएका कारहरू विदेशमा निकै सस्तोमा पाइन्छन् । नेपालमा सरकारले उच्च भन्सार लगाइदिँदा कारहरू महंगो पर्न गएका हुन् ।

तर, नेपाली बजारमा महंगा कार नबिक्ने भने होइन् । करोडभन्दा धेरै मूल्य भएका कारहरु बार्षिक ठूलै संख्यामा बिक्री हुने गरेको पाईन्छ । त्यसैकारण पनि पछिल्ला समय नेपाली बजारमा सबैखाले सुविधासम्पन्न विलासी सवारी साधन माग र बिक्री बढेको छ ।

यी हुन् नेपाली बजारमा उपलब्ध महङ्गा कार

प्युजो

फ्रान्सबाट आयात हुने प्युजो नेपाली बजारमा उपलब्ध महङ्गा ब्राण्डका गाडी बध्ये एक हो । अहिले नेपाली बजारमा प्युजोका विभिन्न ७ वटा भेरिएन्ट उपलब्ध छन् । जसको मूल्य १ करोड ३२ लाख रुपैयाँदेखि १ करोड ५५ लाख रुपैयाँसम्म छ ।

केही समयअघी मात्रै नेपाली बजारमा भित्रिएको प्युजो २००८ को मूल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ ।

स्कोडा

स्कोडाका गाडीहरु पनि नेपालमा उपलब्ध महङ्गा कार अन्तर्गत पर्छ । स्कोडा कारोक एम्बिसनको मूल्य १ करोड १५ लाख, एम्बिसन प्लसको मूल्य १ करोड २५ लाख र स्कोडा सुपर्वको मूल्य १ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

टोयोटा

सबैभन्दा महङ्गो गाडी प्राडो रहेको टोयोटा पनि नेपालमा उपलब्ध सबैभन्दा महङ्गो कार मध्यको एक हो । विभिन्न ४ भेरियन्टमा उपलब्ध प्राडोको मूल्य २ करोड ६२ लाख रुपैयाँदेखि ३ करोड २८ लाख रुपैयाँसम्म पर्छ ।

यसका अलवा हाइलक्स डबल क्याब पिकअप दुई भेरियन्टमा रहेको छ । त्यसको मूल्य १ करोड ५ लाख रुपैयाँसम्म रहेको छ । त्यसैगरी र्याभ फोरका दुई भेरिएन्टको मूल्य १ करोड ५५ लाख, १ करोड ९० लाख र २ करोड ६ लाख रुपैयाँसम्म रहेको छ ।

कोरोला क्रस

कोरोला क्रसको मूल्य १ करोड १२ लाख र १ करोड ३३ लाख रुपैयाँ छ । हाइलक्स डबल क्याब पिकअपको मूल्य १ करोड ५ लाख रुपैयाँ छ । त्यसैगरी ल्यान्डक्रुजर ७० को मूल्य २ करोड ५० लाख रुपैयाँ छ ।

होण्डा सीआर–भी

होण्डा सीआर–भी कारको मूल्य १ करोड ३३ लाख र होण्डा सीआर–भी कै डिजल भेरियन्टको मूल्य १ करोड ४३ लाख ९९ हजार रहेको छ ।

‘एड्भान्स, इनरजेटिक एण्ड स्मार्ट’को ग्राण्ड कन्सेप्टमा निर्मित पाँचौँ जेनेरेसनको यो कारमा हाई–टेक्नोलोजीयुक्त एक्सटेरियर र इन्टेरियर सुविधाहरूले सबैको ध्यानआकर्षण गर्ने कम्पनीले जनाएको छ ।

होण्डाईको ‘सान्टा फे’

नेपाली बजारमा उपलब्ध होण्डाईको सबैभन्दा महङ्गो कार होण्डाईको ‘सान्टा फे’ हो । यसको मूल्य १ करोड ४५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
आकर्षक डिजाइनमा बनेको यो कारमा आन्तरिक तथा बाह्य सजावटलाई विशेष ध्यान दिइएको छ । यसमा पछिल्लो विकसित प्रविधि प्रयोग गरिएको कम्पनीको दावी छ ।

फोर्ड

फोर्डका चार मोडलका गाडी नेपाली बजारमा करोभन्दा धेरै मूल्य पर्नेमा पर्छ । ती मध्ये एन्डेभरका दुई भेरियन्टको मूल्य १ करोड ४९ लाख र १ करोड ५९ लाख ९० हजार रुपैयाँ छ । यसका अलवा अल न्यु रेन्जरको एउटा भेरियन्टको मूल्य १ करोड ९ लाख रुपैयाँ र रेन्जर र्याप्टरको मुल्य १ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

फक्सवागन

भक्सवागन जर्मनीको लक्जरी कार ब्रान्ड हो । फक्सवागनको सबैभन्दा महङ्गो गाडी अल स्पेस हो । यसको महङ्गो मोडेलको मूल्य १ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

यसका अलवा सुबारु, मर्सिडिज र अन्य महंगा ब्रान्ड पनि नेपालमा उपलब्ध छन् । नेपालमा कार पारखी बढेका छन् । राजामहाराजाको पहुँचमा रहेको लक्जरी कारमा सर्वसाधारण पनि हुइँकिन थालेका छन् । राम्रो आम्दानी हुनेको रोजाइमा लक्जरी कार पर्न थालेको छ ।

राणा तथा पञ्चायतमा जनताको अधिकार खुम्च्याइएको थियो । २०४६ पछिको राजनीतिक परिवर्तनले अधिकार दियो । त्यसपछि अँगालेको उदारीकरणले उद्यम व्यवसाय गर्न सहज बनाइदियो । आम्दानी बढेपछि महंगा कार चढ्ने संस्कार हुर्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here