सिंगटी हाइड्रोको आइपीओमा १ अर्ब ८८ करोडको आवेदन, कतिले भरे ?

काठमाडौं, ९ चैत । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) मा मागभन्दा ७ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म १२ लाख २२ हजार ८३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् ।

जसमा १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ७.१४ गुणा बढी आवेदन हो । प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर विक्रीमा ल्याएको हो।

कुल २९ लाख कित्ता आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा चैत १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै शेयर नबिकेमा ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी-आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here