फोहर सवारी काठमाडौं प्रवेश गर्न नपाउने, नाकामै सफाइको व्यवस्था गरिने

कार वासको एक नमूना

काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि फोहर सवारी काठमाडौं उपत्यका प्रवेश गर्न नपाउने व्यवस्था गर्न लागेको छ ।

धुलोले आक्रान्त उपत्यकावासीलाई राहत दिनका लागि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । त्यसका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने नाका र ठूला निर्माणस्थलहरुमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी उपत्यकाका सडकलाई धुलोमुक्त बनाइने योजना आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा छ ।

साथै, उपत्यकाका सडक किनारालाई माटो रहित बनाउने योजना पनि बजेटमा घोषणा गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका लागि पाइप विछ्याउने काम पनि सकिएकाले आगामी वर्षदेखि उपत्कामा धुलोको मात्रा कम हुने छ त्यसमा सवारीले ल्याउने धुलो नियन्त्रण गर्दा वातावरण थप स्वच्छ बन्ने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here