रोयल इनफिल्ड क्लासिक गनमेटल नेपालमा, मूल्य ५ लाख १५ हजार

काठमाडौं २१ जेठ । रोयल इनफिल्ड क्लासिक ३५० सीसी गनमेटल ग्रे बीएस–आईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

रोयल इनफिल्डको नेपाली विक्रेता कम्पनी एन.भी. दुगड ग्रुपको विवेक अटोमोबाइल्सले गनमेटल ग्रेको सार्वजनिक गरेको हो । जसको शुरुवाति मूल्य ५ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यो मूल्य अफर केही समय रहने र संभवत आगामी आर्थिक वर्षदेखि यसको मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ ।

गनमेटल ग्रे स्र्पोटी लुक, म्याट फिनिस रिएर डिस्क ब्रेक सहित उपलब्ध रहेको कम्पनीले बताएको छ ।
क्लासिकमा ३५० सी सी को इन्जिन, हेडलाईट कासिङ्ग, फ्युल ट्यांक, डुअल डिस्क ब्रेक, ओभल टुल बक्स, स्पिडमिटर डिस्प्ले, सिङ्गल सिट स्प्रिङ, टायल लाईट एसेम्ली र हेडलाइट क्याप आदी विशेषता रहेका छन् ।

हाल थपिएको रिएर डिस्क ब्रेकको कारण टुरिङ र दैनिक राइडिङको लागि झनै सुरक्षित हुने कम्पनीले बताएको छ ।

विवेक अटोमोबाइल्सको देशभर रहेको १९ वटा शाखाहरुमा बिक्री बितरणको सुरुवात भएको कारण जुनसुकै शाखाबाट खरीद गर्न सकिने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here