पहेँलो दाँतलाई सेतो बनाउन चाहनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

काठमाडौं । दाँत सेतो र चम्किलो भएमा हाँस्दा पनि धेरै राम्रो देखिन्छ । कसैलाई छिटै आकर्षित गर्नको लागि मोती जस्तो चम्किलो दाँत सहितको मुस्कानले धेरै काम गर्छ । तर, आजकाल धेरै जसो मानिसहरु पहेँलो दाँतको समस्याले घेरिएका छन् ।

पानीमा हुने केमिकलहरु, सुर्ती, पान र रंग प्रयोग गरिएका खानेकुराको धेरै प्रयोगले पनि दाँतमा पहेँलोपन आँउछ ।

दाँतमा पहेँलोपन आउने अरूपनि कैयौं कारणहरु हुन सक्छन् । कोही मानिसहरु दैनिक ब्रस गर्दैनन् भने केही मानिसमा दुषित खानाको सेवन गर्नाले दाँतमा पहेँलोपन आउन सक्छ ।

यी हुन् दाँत चम्काउन प्रभावकारी घरेलु उपायः

१. दुग्धजन्यपदार्थ

दाँत चम्काउनको लागि बजारमा विभिन्न किसिमका उत्पादनहरु पाइन्छन् । तर, यसले दाँतलाई फाइदापुग्नको सट्टा नोक्सान पुग्ने सम्भावना प्रवल हुन्छ ।

जुन किसिमले प्राकृतिक उत्पादनले तपाईको दाँतलाई सफा र मजबुत बनाउँछ यस प्रकारले अन्य केही चीजले पनि सक्दैन । दुध र दुधबाट बनेका उत्पादनले हाम्रो दाँतबाट छिटै पहेँलोपन टाढा भगाउँछ । यस्तो किनभने दुधमा धेरै मात्रामा क्याल्सियम हुन्छ जुन दाँतको लागि धेरै जरुरी हुन्छ ।

२. नुन

दाँतलाई सफा र मोती जस्तो चम्किलो बनाउनको लागि नुनको प्रयोग हाम्रो सँस्कृतिमा धेरै पहिले देखि नै चलिआएको हो ।

नुनमा धेरै मात्रामा सोडियम र क्लोराइड हुन्छ जसले दाँतको पहेँलोपन कम गर्न मद्धत गर्छ । दाँत सफा गर्ने समयमा थोरै नुन राख्नुहोस । तपाई आँफै देख्नुहुन्छ केही दिनमै तपाईको दाँत सफा हुन्छ ।

३. कागतीले दाँतको सफा गर्नुहोस्

दाँतको ब्याक्टेरियालाई मार्न र दाँतलाई सफा गर्नको लागि कागती साँच्चै नै प्रभावकारी हुन्छ । खाना खाएपछि कागतीले दाँत सफा गरेमा धेरै लाभ मिल्छ ।

दैनिक रातीखाना खाएपछि एक कागतीको रस निचोरेर त्यसमा समान मात्रामा पानी मिसाउनुहोस । खाना पछि यो पानीले कुल्लागर्नुहोस् । दैनिक यस्तो गर्नाले दाँतको पहेँलोपन र सासको दुर्गन्ध टाढा हुन्छ ।

४. बेकिङ सोडाको प्रयोग

दाँतको पहेँलोपन टाढा भगाउनको लागि बेकिङ सोडा धेरै नै प्रभावकारी हुन्छ । जुनतरिकाले हामी दाँत सफा गर्ने समयमा नुनको प्रयोग गर्छौं त्यसै तरिकाले बेकिङ सोडाको प्रयोग गर्न सकिन्छ ।

ब्रस गर्ने समयमा थोरै बेकिङ सोडा ब्रसमा राख्नुहोस र विस्तारै आफ्नो दाँत सफा गर्नुहोस । केही दिनमै तपाई देख्नुहुनेछ कि दाँतमा जमेको पहेँलो विस्तारै सफा हुँदैछ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here