आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक १ अर्ब ९ करोड नोक्सान

काठमाडौैै, २२ चैंत । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप आइतबारराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेलर मट्टितेल मूल्य २/ २ रुपैयाँ बढाएर पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय २० रुपैयाँ, डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ कायम भएको छ ।

निगमले एल.पी. ग्याँस तथा हवाई ईन्धन बिक्रि मूल्य हाललाई यथावत नै कायम राखिएको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य १६ मार्च २०२१ को तुलनामा वृद्धि भएर आएकाले बढाइएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो मूल्यअनुसार तेल तथा ग्यास बेच्दा निगमलाई पाक्षिक रुपमा रु. १ अर्ब ९ करोड घाटा हुनेछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here