नेपाल क्लाइम्बिङ्ग एसोसिएनको अध्यक्षमा हरि धरेल

काठमाडौं, २२ जेठ । शाहसिक तथा पर्यटकीय खेल प्रवद्र्धन गर्ने मुल नाराका साथ स्थापित नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको अध्यक्षमा हरि धरेल निर्वाचित भएका छन् ।

बिगत नौ वर्षदेखि नेपाली खेलकुदको क्षेत्रमा क्रियाशील रही आएको संघको पाचौँ वार्षिक साधारणसभा तथा निर्वाचन बुधबार सम्पन्न भएको हो ।

संघका सम्पूर्ण पदाधिकारी निर्विरोध चयन भएका हुन् । संघको उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा र प्रेम नारायण अधिकारी चयन भएका छन् भने महासचिवमा मेघराज पौड्याल आएका छन् ।

त्यसैगरी सचिवमा ठाकुर न्यौपाने र कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल निर्वाचित भएका छन् । सदस्यहरुमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कंडेल, हरेराम खड्का र तुल्सिङ्ग गुरुङ चुनिएका छन् ।

निर्वाचन अधिकृत दोय चन्द्र राई तथा ओमनाथ न्यौपानेले निर्वाचित समितिलाई सापथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here