रोयल इन्फिल्ड ‘मेटोर ३५०’ नेपालमा सार्वजनिक हुँदै, मूल्य कति ?

काठमाडौं । नेपालको लागि रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले ‘मेटोर ३५०’ नेपाली बजारमा भित्र्याउने भएको छ ।

कम्पनीका अनुसार केहि प्रक्रियागत काम सकेपछि मेटोर ३५० नेपाली बजारमा सार्वजनिक गर्ने बताएको छ ।

मेटोर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको मूल्य ६ लाख हाराहारी पर्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here