म्यानपावरमा अब दलाल निषेध

काठमाडौं, २३ जेठ । सरकारले म्यानपावर व्यवसायीका एजेन्ट (दलाल)लाई अवैधानिक घोषणा गरेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ मा वैदेशिक रोजगारी व्यवसायीका प्रतिनिधि राख्ने पाउने व्यवस्था खारेज गरेको हो ।

यससँगै अब सबै दलालहरु अवैधानिक भएका छन् । वैदेशिक रोजगारीमा सोझा साझा युवालाई ललाई फकाई गरी ठगी धन्दा गर्ने काममा यस्ता दलालको भूमिमा हुने गरेको थियो ।

देशको एक स्थानमा कार्यालय राख्ने र देशभर दलालमार्फत मान्छे बटुल्दै आएका म्यानपावर व्यवसायीको उक्त धन्दामा पनि अब केही हदसम्म ब्रेक लाग्ने भएको हो ।

नेपालमा म्यानपावरको एजेन्टका लागि सरकारले लाइसेन्स नै दिने गरेको थियो । एजेन्ट बनाउन दुई लाख रुपैयाँ धरौटी सरकारले लिने गरेको थियो ।

तर, सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन संसदबाट पारित भएर लागू गरेसँगै अब कुनै पनि संस्थाले एजेन्ट राख्न नपाइने भएको हो ।
वैदेशिक रोजगार विभागले बिहीबार सूचना प्रकाशित गर्दै अब कुनै पनि कम्पनीले दलालमार्फत काम गरेको पाइए कारवाही हुने चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here