अन्नपूर्ण लाउञ्जमा नेपाल एसबीआईको एटीएम

काठमाडौं, ६ बैशाख । नेपाल एसबीआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउञ्जमा एटीएम सञ्चालमा ल्याएको छ ।

बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतले सो एटीएमको संयुक्तरुपमा सोमबार उद्घाटन गरे ।

उक्त समारोहमा बैंकका सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १ सय २२ एटीएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here