सोमबारदेखि मनसुन मोबाईल मेला, ६५० रुपैंयामै मोबाईल फोन पाइने

काठमाडौं, २४ जेठ । चाबहिलको केएल मोबाइल हब,दरबारमार्गको मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र सिटिसी मल सुन्धारामा रहेको सिटिसी मोबाइल हबमा जेठ २७ गते सोेमबारदेखि मनसुन मोबाईल मेगा अफर चल्ने भएको छ ।

२ सातासम्म चल्ने मोबाईल मेलामा एउटा मोबाईल फोन किन्दा अर्को मोबाईल फोन सित्तैंमा पाइने र बिग सेल अन्र्तगत ६५० रुपैयाँ मै मोबाइल पाइने समेत आयोजकले बताएको छ ।

मेलामा जुनसुकै ब्राण्डका मोबाईल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिने बताइएको छ । पुरानो मोबाईलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाएको मोबाईल हबले बताएको छ ।

मोबाइलको ब्राण्ड र मुल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्तावन्दीमा मोबाईल खरिद गर्न सकिन्छ ।

मेला अवधीमा मोबाईल खरिद गर्नेले एफ क्युब सिनेमाको टिकट निशुल्क पाउने र विभिन्न मोडलका मोबाईलको खरीदमा आर्कषक उपहारको समेत व्यवस्था गरिएको बताईएको छ ।

जेठ २७ गते सोमबारदेखि चल्ने मेला आगामी असार १५ गतेसम्म सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here