सानिमा बैंकले माइती नेपाललाई दिएको सहयोगले निरन्तरता पाउने

काठमाडौं, १२ बैशाख । सानिमा बैंकले माइती नेपाललाई दिएको सहयोगले निरन्तरता पाउने भएको छ ।

बैंक र माइती नेपालबीच थप दुई वर्षका लागि सहयोग सम्झौता नवीकरण भएको बैंकले एक विज्ञप्तिमार्फत् बताएको छ ।

मानव बेचविखन र लैङ्गिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

माइती नेपालले करीब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखनविरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटीएम रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here