सलमानको ‘भारत’ले बक्सअफिसमा ल्यायो तुफान, दुई दिन मै कमायो ७३ करोड

काठमाडाैं, २४ जेठ । यसैपनि बलिउडमा सलमान खानलाई बक्स अफिसका बादशाह भनेर चिनिन्छ । अझै ईदमा रिलिज हुने उनका फिल्मले त गजबको कारोबार गर्छन् ।

ईदको छेकोमा बुधबारबाट रिलिज भएको उनको पछिल्लो फिल्म ‘भारत’ले पनि यो कुरालाई पुष्टि गरिदिएको छ । फिल्मले दुई दिनमै बक्स अफिसमा तुफान ल्याइदिएको छ ।

अली अब्बास जफरको निर्देशन रहेको फिल्म ‘भारत’ले पहिलो दिनमै धेरै कमाएर विभिन्न रेकर्डहरु समेत बनाएको छ ।

सलमान खान, कटरिना कैफ, दिशा पटानी, ज्याक्की श्राफ, सुनिल ग्रोभर लगायतका कलाकारको मुख्य भुमिका रहेको यो फिल्मले पहिलो दिनमै ४२.३ करोड भारतीय रुपैंया कमाएको छ ।

दोस्रो दिनमा फिल्मले ३१ करोड भारुको कमाई गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । यो आँकडा भारतको बक्सअफिस कलेल्सन मात्रै भएको र ओभरसिज समेत जोड्दा आँकडा अझै ठूलो हुने बताइएको छ ।

दुई दिनमै ७३.३० करोड भारु कमाएको फिल्म को रफ्तार अनुसार यसले तेस्रो दिनमा सजिलै १०० करोड भारु कलेक्सन गर्ने देखिएको छ ।

यो फिल्म २०१९ को सबैभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म बनेको छ । यस भन्दा पहिला यो रेकर्ड ‘कलंक’को नाम थियो । ‘कलंक’ले पहिलो दिनमा २१.३० करोड भारु कमाई गरेको थियो ।

फिल्ममा के छ विशेष ?

फिल्ममा सलमान खान भारतको पात्रको भूमिकामा छन् । ७० वर्षका भारत आफ्नो पसललाई बिक्रि हुनबाट बचाउन गुन्डासँग लड्छन् । यो पसल उनको भावनासँग जोडिएको हुन्छ ।

फिल्मले आजभन्दा करीब ६० वर्ष अगाडिको भारत पाकिस्तान विभाजनको समयको कथा भन्छ । जब भारत ८ वर्षको हुन्छ त्यतिखेरै उसले आफ्नो परिवार र देशलाई एक राख्ने कसम खाएको हुन्छ । यो फिल्मले भारतजस्तो एक व्यक्ति र भारत देशको कहानी एकैसाथ बयान गर्छ ।

विभाजनको समयमा सबै हिन्दू परिवारसँगै भारतको परिवार पनि आफ्नो देश आउने ट्रेनमा चढ्ने कोसिस गर्छन् यसै क्रममा भागदौड हुन्छ र भारतको सानी बहिनी र उसको पिता पाकिस्तानमै छुट्छन् ।

छुट्टिने बेलामा उसका पिताले जबसम्म उनी फर्केर आँउदैनन् त्यतिखेर सम्म सँधै आफ्नो परिवारको ख्याल राख्न र उनीहरुलाई एक बनाउन भारतलाई वाचा गराउँछन् । उसले पिताको वाचालाई हरदम निभाउने कोसिस गर्छ ।

एजेन्सीकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here