पोलिगन कलेजले आमसञ्चार र पत्रकारिताका चार विद्यार्थीलाई पूर्ण छत्रवृत्ति दिने

काठमाडौं, १६ बैशाख । बबरमहलस्थित पोलिगन कलेजले मास्टर्स डिग्रीमा आमसञ्चार तथा पत्रकारिता पढ्ने चार विद्यार्थीलाई पूर्ण छात्रवृत्ती दिने भएको छ ।

कलेजका प्राचार्य अबिरल थापाका अनुसार नेपाल पत्रकार महासंघको सिफारिसमा दलित, मधेशी, महिला तथा पिछडिएका समुदायबाट आउने विद्यार्थीलाई छात्रवृत्ति दिइने छ । लैंगिक अल्पसंख्यकहरुले पनि यो छात्रवृत्तिको अवसर पाउन सक्नेछन् ।

प्राचार्य थापा र महासंघका अध्यक्ष विपुल पोखरेलले यसै साता छात्रवृत्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोलिगन कलेजले विगत एक दशकदेखि आमसञ्चार तथा पत्रकारितामा मास्टर्स कार्यक्रम सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here